आचारसंहिता विपरित राखिएको पार्टीकोे भण्डा प्रहरीले हटायो

Rauthat 28

रौतहट । असोज २ गते हुन लागेको स्थानीय तहको निर्बाचनमा पार्टीहरुले आचारसंहिता विपरित राखिएको पार्टीको झण्डा ३ दिन देखि प्रहरीले हटाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न पार्टीको झण्डा, पोष्टर, पम्पलेटले गौर सदरमुकामको विभिन्न ठाउँमा आचारसंहिता विपरित राखिएको सबैलाई प्रहरीको टोलिले हटाएको प्रमुख जिल्ला अधिकारी उद्यव बहादुर थापाले बताए ।

थापाका अनुसार निर्वाचन अचारसहिंता विपरित प्रचारप्रसार सम्बन्धी समाचार प्रकाशित भएपछि समाचारको प्रभावले सोमबार जिल्ला प्रशासन कार्यालयले मुख्य निर्वाचन कार्यालय र प्रहरी कार्यालय रौतहटसंग समन्वय गरि मुख्य चोकहरुमा राखिएको पार्टीको चिन्ह अंकित झण्डा, ब्यानर, पर्चा पम्पलेट लगायतका प्रचार सामग्रीहरु हटाइएकोे बताए ।

प्रहरीले झण्डा लगायतका प्रचार सामग्री हटाएपनि दलहरुले भने निर्वाचन आचारसंहिता विपरित बालबालिकाको प्रचारप्रसारमा व्यापक रुपमा प्रयोग गरेको देखिन्छ ।

रौतहटमा मुुख्य दलहरु नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघिय समाजवादी फोरम, राजपा लगायतका दलहरुले प्रचारप्रसारमा बालबालिकाहरुको प्रयोग गरेका छन् ।

निर्वाचन आचारसंहिता विपरित पार्टीहरुले प्रचारप्रसारमा आचारसहितालाई ख्यालै नगरी चुनावी अभियानलाई तिब्रताका साथ अगाडी बढाएका छन् ।

पर्टीका केन्द्रीय मन्त्री देखि नेता सम्म अहिले चुनावी प्रचार प्रसारमा जिल्ला उत्रेको छ । जिल्ला झरेका ठूलो नेता समेतले निर्वाचन कार्यालयले लागू गरेको आचारसहितालाई खुल्याम खिल्ली उडाउदै विभिन्न कार्यक्रम गरीरहेको छ ।

प्रतिकृया दिनुहोस