साल्ट ट्रेडिङद्धारा सुपथ मूल्य पसल सञ्चालनमा

Salt tread

विराटनगर । दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।

चिनीमा प्रतिकिलो ५ र नूनमा प्रतिकिलो २ घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए ।

विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो १८ मा बिक्री वितरण भइरहेको छ ।

बजारमा चिनीको मूल्य प्रतिकिलो ८२ तथा नूनको मूल्य २५ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ ।

भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट बुधबार मध्याह्न सम्ममा १४ हजार ४ सय १६ मूल्य बराबरको १ सय ८६ किलो चिनी र १० हजार ४ सय ५८ मूल्य बराबरको ५ सय ८१ किलो नून बिक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...