व्यवसायिक कृषक समुहहरुलाई कृषी सामाग्री

Dadeldhura 28

डडेल्धुरा । डडेल्धुराका अजयमेरु गाउपालिकाका व्यवसायिक र क्रियाशिल कृषक समुहलाई कृषि औजार लगाएतका सामाग्री वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय अन्तर्गत रहेको प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको आर्थिक सहयोगमा अजयमेरु गाउपालिका १ का क्रियाशिल ६ वटा कृषक समुहलाई कृषि समाग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ट कृषि अधिकृत दिलबहादुर विष्टले जानकारी गराए ।

प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको आर्थिक सहयोगमा, जिल्ला कृषि विकास कार्यालय डडेल्धुरा कैलपाल त्रिसुल आलु उत्पादन क्षेत्र समिती , र शिखर समैजी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सयुक्त साझेदारीमा अजयमेरु गाउपालिका १ का व्यवसायिक तथा क्रियासिल र लगन सिल कृषक समुहहरुलाई उक्त औजारहरु एक कार्यक्रमका विच वडा नं १ का वडा अध्यक्ष दत्तीसिहं भण्डारीले बुधवार कृषी समाग्री हस्तान्तरण गरेका हुन ।

समुहमा बसि कृषि उपजहरुलाई उत्पादन गर्नमा लगनशिल र सक्रिय रहेका ६ वटै समुहहरुले लाखौं रुपिया पर्ने कृषि सामाग्रीहरु पाएकोमा खुसी व्यक्त गर्दै अन्य कृषकहरुलाई पनि व्यवसायिक वनी कृषी उत्पादनलाई नमुना वनाई कृषी मा आत्मनिर्भर वडाको रुपमा विकसित गर्नमा सवैले लाग्नु पर्ने वडा अध्यक्ष भण्डारीले सर्वसाधारणहरुलाई आग्रह पनि गरेका छन ।

आगामी दिनहरुमा पनि व्यवसायिक रुपमा लगनशिल भइ कृषीपेसालाई आधुनिक र रोजगारको अवसरको रुपमा लिई नमुना खेती गर्ने कृषकलाई पनि पुरुष्किृत गर्ने वडा अध्यक्ष भण्डारीले कृषक समुहहरुलाई सामाग्री वितरण गर्ने क्रममा बताए ।

एक समुहलाई करिब ५२ हजार वरवार कृषि ओजार र सामाग्रीहरु वितरण गरिएको शिखर समैजी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष खडक सिहं विष्टले बताए ।

कृषकहरु सक्रिय भई विभिन्न तरकारी र उत्पादनलाई नमुना वनाई क्रियासिल रहेका समुह , सहकारी सस्थामा बचत नियमित वचत गर्ने र लगानी गरिरहेका , र बैठक मा नियमित उपस्थित रहने , र शुसानन र व्यवस्थापन पक्ष राम्रो देखिएका सहकारीका सदश्यहरुका समुहलाई क्रेट , स्प्रेरे ट्याकीं , कोदालो ,विषादी ड्रम ,गार्डेन पाईप , पोलिथिन पाईप जस्ता करिब ५२ हजार वरावरको सामागी्र वितरण गरिएको हो ।

तिनवटै सस्था जिल्ला कृषि विकास कार्यालय कैलपाल त्रिशुल आलु उत्पादन पकेट क्षेत्र समिती र शिखरवचत तथा ऋण सहकारी सस्थाको त्रिपक्षिय साझदारीमा कृषक समुहको मनोवल बढाउन र अन्य मानिसलाई पनि व्यवसायिक कृषिखेती तिर लाग्न प्रेरणा जगाउने हुदा उक्त समाग्रि दिएको सरोकारवालाहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस