गाउँगाउँमा बालविकास केन्द्र : मन्त्री कोइराला

Koirala asha

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विकासमा लगानी र सहभागिता बढाउन हरेक टोलमा बाल विकास केन्द्र खोलिनु पर्ने बताएकी छन् ।

प्रारम्भिक बालविकासका लागि सांसदहरुको सहकार्य समूह ककस र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री कोइरालाले अभिभावक सचेतना र जिम्मेवारी किटान गरी बालविकास केन्द्रको विस्तार गर्नुपर्ने बताएकी हुन् ।

हाल सामुदायिकस्तरमा ३० हजार ४ सय ४८, निजीस्तरमा ५ हजार ६ सय ४५ गरी ३६ हजार ६ सय ४५ बालविकास केन्द्र तथा पूर्व प्राथमिक शिक्षालय छन् ।

इसिडी ककसका सदस्यले संविधानमा बालअधिकारलाई मौलिक हकमा राखिए पनि उनीहरुको शिक्षा, पोषण र स्वास्थ्यका विषयमा कुन निकायको जिम्मेवारी के हो भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिए ।

सांसद रुक्मिणी चौधरी, उफीलाल उखेडा, कुन्तीकुमारी शाही, पूर्व सांसद सीता पौडेलललगायतले जग बलियो भए मात्र घर बलियो हुने तथ्यलाई मनन् गरी सरकारले प्रारम्भिक बालविकासमा लगानी बढाउनुपर्ने बताए ।

कार्यक्रममा शिक्षाविद् डा. किशोर श्रेष्ठ, शिक्षा विभागका उपनिर्देशक हरि खनाल र अधिवक्ता चन्द्रिका खतिवडाले कार्यपत्र प्रस्तुत गर्दै प्रारम्भिक बालविकासको विभिन्न आयामबारे चर्चा गए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...