नागरिकता र सरकारी छाप कीर्ते गरि फरार अभियुक्त ११ वर्षपछि पक्राउ  

Hatkadi 28

सिन्धुपाल्चोक । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई फरार रहेका दोषीलाई ११वर्षपछि प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ ।

साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दोषी पाण्डेले सरकारी छाप दुरुपयोग गरी कीर्ते दस्तखत गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले २०६३ सालमा जाहेरी दिएपछि अदालतले एक वर्ष कैद र ५० जरिवाना गर्ने भनी २०६४ साल माघ १५ गते फैसला गरेको थियो ।

त्यसैगरी कीर्ते नागरिकता तथा राहदानी बनाएको आरोपमा जिप्रकाले २०६३ सालमा छुट्टै जाहेरी गरेको थियो । सो मुद्दामा अदालतले ११ महिना कैद तथा रु एक हजार जरिवाना गर्ने भनी २०६४ साल वैशाख १३ गते फैसला गरेको थियो । पाण्डेलाई दुवै मुद्दामा २०७६ साउन २८ गतेसम्म कैद तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...