हस्पिटलको मापदण्ड पुरा ५० सैंयामा आइसियु सेवा विस्तार

Clinic

सुरुङ्गा । झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा रहेको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शैंयाको सघन उपचार कक्ष आइसियु सेवा शुरु गरेको छ ।

मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको यो अस्पताल तीन सय शैंयाको छ । २२ बिगाहा क्षेत्रफलमा फैलिएको मेडिकल कलेज सञ्चालनका लागि पाँच अर्ब भन्दा बढी लगानी गरिएको छ ।

यसअघि अस्पतालमा १५ शैंया आइसियु थियो । बिरामीको चापलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित अस्पतालले आइसियु सेवा विस्तार गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।

उनले भने, “दैनिक आठ सय बिरामीले ओपिडीमा मात्रै सेवा लिन्छन् जटिल प्रकारका बिरामीका लागि आइसियु अपुग थियो र हामीले सेवा विस्तार गरेका हौँ ।” पचास शैंया आइसियु सेवासहित अस्पतालमा ३८ शैया एनआइसियु, २५,२५ पिआइसियु तथा एचडियुका शैया छन् ।

आइसियु सेवा सञ्चालनका लागिमात्रै एनेस्थेसिया विशेषज्ञ डा। राजु श्रेष्ठको नेतृत्वमा छजना विशेषज्ञ डाक्टर कार्यरत रहने आइसियु उद्घाटन समारोहमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताएकी छन् ।

अस्पतालका दुई आइसियु शैयालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार अतिविशिष्ट बनाइने बताए । सात सय ७१ जनाले प्रत्यक्ष रोजगारी पाएको अस्पताल सञ्चालन पूर्वका पाँच लाखभन्दा बढीले सेवा लिइसकेका छन् ।

अस्पतालमा ७२ जना विशेषज्ञ डाक्टर कार्यरत रहेका छन् । छ–छजना महिला रोग विशेषज्ञ र एनेस्थेसिया, न्यूरो सर्जन तीन, अर्थोपेडिक छ, मेडिसिन पाँच, नाक, कान, घाँटी रोग विशेषज्ञ तीन, दन्तरोग तीन, म्याग्जिलोफेसियल तीन लगायत रहेको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताईन् ।

सर्वसाधारण क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालसहित काठमाडौँ र भारतका अस्पतालमा जाने गरेका थिए । भारतको मेदान्त हस्पिटलसँग सहकार्य गर्दै अस्पतालले क्यान्सरको उपचार शुरु गरी एकवर्षमा झण्डै ५० जनाको सफल शल्यक्रिया गरिसकेको छ ।

१।५ टेस्ला पावरको एमआरआई मेसिन भएको हस्पिटलले क्यान्सर रोगको विश्वस्तरीय उपचारकै लागि भर्खरै मात्र ३० करोड मूल्य पर्ने रेडियोथेरापी मेशिन अमेरिकाबाट खरिद गरेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताए ।

मेसिन समुद्री मार्ग भएर आउँदा झण्डै डेढ महिना लाग्ने र त्यसपछि अस्पतालमा रेडियोथेरापी सेवासमेत शुरु हुने बताईएको छ । मेशिनका लागि अलग्गै भवनमा बंकर बनाएर राख्नु पर्ने र त्यसलाई प्रयोग गर्नका लागि मेदान्तमा कार्यरत अंकोलोजिस्ट डा।वीरेन्द्र यादव अस्पतालमा आइसकेको प्रसाईंले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख गिरिराज सुवेदीले बिर्तामोडमा सञ्चालित हस्पिटलले मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पूरा गरेको बताए ।

अस्पतालको अनुगमनका लागि झापा आइपुगेका उनले अस्पतालको निरीक्षण गर्दै भौतिक पूर्वाधारसहित अस्पतालले ल्याएका उपकरण गुणस्तरीय भएको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...