आयोगले तोक्यो भाइटीकाकै साइतमा उम्मेदवारी दर्ता

Nirbachn ayog

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भाइटीकाको भोलिपल्टै गराउने भएको छ ।

निर्वाचन आयोगले मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि ५ कात्तिकमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ । २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकेको छ ।

यस वर्ष भाइटीका कात्तिक ४ गते परेको छ । अर्थात भाइटीकाको भोलिपल्ट उम्मेदवारी दर्ता हुनेछ । सरकारले संघीय संसद र प्रदेशसभाको चुनाव एकै पटक गर्ने निर्णय गरेको छ ।

आयोगले सोमबार सार्वजनिक गरेका कार्यतालिका अनुसार राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ । कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलहरुले भोलिसम्म आयोगमा निवेदन दिनु पर्नेछ । अन्य प्रक्रिया पूरा गरेर ३० गते चुनाव चिन्ह दिइनेछ ।

असोज २९ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । दाबीविरोध फिर्ता लगायतका प्रक्रिया पूरा गरेर उम्मेदवारहरुको अन्तिम सूची भने मंसिर ३ गते मात्र प्रकाशित गरिनेछ ।

सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...