जनताको काममा ढिलासुस्ती हुन्न : उद्योग मन्त्री थापा

Mantri thapa

काठमाडौं । नवनियुक्त उद्योगमन्त्री सुनीलबहादुर थापाले जनताको काममा कहिले पनि ढिलासुस्ती गर्न नहुने बताएका छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सफथ लिएर सोमबारै मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री थापाले मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा जनताका काममा कसैले पनि ढिलासुस्ती नगर्न निर्देशन दिए ।

उनले मन्त्रीले मन्त्रालयका काम समयमै सक्न निर्देशन पनि दिए । मन्त्री थापाले मन्त्रालयका कामलाई उच्च प्राथमिकता दिने र त्यसका लागि कर्मचारीहरुले उच्च मनोवलका साथ काम गर्न निर्दशन दिए । ‘तपाईहरु उच्च मनोवलका साथ काम गर्नुस्’ मन्त्री थापाले भने, ‘म मेरो तर्फबाट तपाईहरुलाई सक्दो सहयोग गर्छु ।’

मन्त्री थापाले आफुले नेपालको औद्योगिक क्षेत्रको विकासका लागि जस्तोसुकै अवस्थामा पनि काम गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री थापालाई उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले मन्त्रालयले हालसम्म गरेका कामहरुको संक्षिप्त व्रिफिङ गरेका थिए ।

सोमबारै उद्यो राज्य मन्त्री रेशम लामाले पनि आफ्नो कार्यभार सम्हालेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...