राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस् : मन्त्री पाण्डे

Bikram pandey

काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

सोमबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री पाण्डेले आफू जनप्रतिनिधि भएका कारणले मन्त्री बनेको भन्दै जनताको भावनालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएको हो ।

मन्त्री पाण्डेले भने ‘म झण्डा हल्लाउनका लागि मन्त्री बनेको होइन, तपार्इंहरुलाई सहयोग गर्नका लागि मन्त्री बनेको हुँ’ । उनले वन तथा भू–जलाधार क्षेत्रमा देखिएको समस्या समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

मन्त्री पाण्डेले ४४ प्रतिशत भू–भाग वनले ढाकेको मुलुकमा मलेसियाबाट काठ मगाउनु दुःखद कुरा भएको भन्दै अब स्वदेशमा उत्पादित काठ प्रयोग गर्न मन्त्रालयले आवश्यक वातावरण मिलाउने स्पष्ट पारे ।

मन्त्रालयका सचिव प्रकाश माथेमाले ऊर्जा, कृषि, पर्यटनको मुख्य आधार वन क्षेत्र भएकाले यसको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले काम गरिरहेको मन्त्रीलाई अवगत गराए ।

उनले देश समृद्धिमा वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । सचिव माथेमाले सम्पूर्ण कर्मचारीको तर्फबाट नवनियुक्त मन्त्री पाण्डेलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...