बाढीले निकुञ्जको पर्या–पर्यावरण खल्बलिएपछि वन्यजन्तु प्रभावित

Chitwan national park

चितवन । साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरण खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन् । 

बाढीले घाँसे मैदान हिलाम्मे छ भने एक ठाउँका वन्यजन्तु बाढीले अन्यत्र पु¥याएको छ । कतिपय आहार प्रजातिका जनावर मरेपछि मांसहारी जनावरलाई पनि आहारको अभाव भएको छ । निकुञ्जको कूल क्षेत्रफलको करिब १२ प्रतिशत जमिन घाँसे मैदान छ । पानीका स्रोतसँगै घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले नदी, खोला खोल्सा नजिक घाँसे मैदान रहेका छन् ।

अधिकांशजसो घाँसे मैदान हिलाम्मे छन् भने कतिपय बाढीले पुरिएको अवस्थामा छ । जसका कारण घाँसमा आश्रित दुर्लभ एकसिंगे गैँडा, हात्ती, चित्तल, लघुना, रतुवाजस्ता जनावर प्रभावित बनेका छन् । कतिपय जनावर बाढीले एकठाउँबाट अर्का ठाउँमा पु¥याएकाले के खाने र कहाँ जाने अन्योलमै भौँतारिइरहेको कँडेल बताए । निकुञ्जभित्र आहार नपाएपछि घाँसमा आश्रित जनावर बथानमै बस्ती प्रवेश गर्ने क्रम पनि शुरु भएको छ ।

पर्साको ठोरीमा १५ देखि २० वटा हात्ती दुई बथान दिनहुँजसो बस्ती क्षेत्रमा आउने गरेका छन् । भाले हात्तीमात्रै एक्लै बस्तीमा आएर सताउने गरेको भए पनि आहारको खोजीमा बथान नै बस्ती पसेको कँडेलले बताए । निकुञ्जमा सन् २०१५ को गणनाअनुसार ६०५ वटा गैँडा रहेका छन् । त्यसपछि बर्दियामा आठ र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिएको छ । बाढीका कारण नवलपरासीमा एउटा र चितवनमा एउटा गैँडा मरेका थिए ।

बाढीकै दबाबले यसै साता अर्का एउटा गैँडा मरेको छ भने आहार घटेपछि एउटै घाँसे मैदानमा केन्द्रित हुँदा जुधेर अर्को एक गैँडा मरेको कँडेलले बताए । आहार नपाएपछि वन्यजन्तुहरु मानव बस्तीमा पस्न थालेका छन् । पश्चिम चितवनको मेघौलीमा हात्तीले धानबाली खान थालेको छ । यसअघि भण्डारण गरेको धानमात्रै हात्तीले नोक्सान गर्ने गरेको भए पनि वन क्षेत्रमा घाँस अभाव भएपछि धानबाली नै खान थालेको स्थानीयवासी बताउँछन् ।

माडी क्षेत्रमा हात्ती, भालु बस्ती पस्न थालेका छन् भने बाघका पाइलाहरु बस्ती क्षेत्रमा देखिएको स्थानीयवासीले बताएका छन् । बाढीले आहार घटेपछि मांसहारी जनावर पनि संकटमा पर्दै गएका छन् । बाढीले चित्तल, लघुना, रतुवा, बँदेलजस्ता जनावर एक हजार २०० हाराहारी मरेको अनुमान गरेका छन् । जसका कारण मुख्यरुपमा मांसहारी बाघ प्रभावित हुने देखिएको छ ।

सन् २०१३ मा निकुञ्जमा १२० बाघ रहेका थिए । यसपछिका वर्षमा बाघको संख्या निकै बढेको अनुमान गरिँदै आएको छ । आहार घटेपछि बाघ पनि बस्ती पस्न सक्ने त्रास स्थानीयवासीमा छ । फोहर घाँस खान थालेपछि वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएको छ । बाढीले बगाएर भारत पु¥याएका आठवटा गैँडा निकुञ्ज ल्याइएको छ ।

निकुञ्जभित्रका १५ वटा पुल बाढीले बगाएका छन् । पहिलो चरणमा ती पुल सञ्चालनमा ल्याएर घाँसे मैदानको व्यवस्थापनको काम शुरु गर्ने तयारीमा रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । घाँसे मैदानको एउटा एउटा ठाउँमा व्यवस्थापनको काम गर्ने तयारी गरिएको छ । बालुवा र हिलोले बिगारेको घाँसलाई काटेर सरसफाइ गर्ने तयारी गरिएको उनले बताए । केही समयपछि आवश्यक ठाउँमा आगो लगाएर व्यवस्थापनको काम गरिनेछ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि, वनस्पति शास्त्र तथा पर्यावरणीय संरक्षण विज्ञानका विभागीय अध्यक्ष उपप्राध्यापक अनन्तप्रकाश सुवेदी समयमै दीर्घकालीन सोच नहुँदा समस्या देखिएको बताए । घाँसे मैदान व्यवस्थापन गर्दा यसखालको समस्या नआउने गरी गर्न नसकेका कारण अहिले समस्या भोग्नु परेको उनको भनाइ छ । समयमै घाँसे मैदान व्यवस्थापन गर्न नसकिए वन्यजन्तु बस्ती प्रवेश गर्ने, कतिपय मर्न सक्ने खतरा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...