आरक्षबाट राष्ट्रिय निकुञ्जमा परिणत शुक्लाफाँटा ओझेलमा

Suklaphanta wildlife reserve tourrty

महेन्द्रनगर । क्षेत्रफलमा कम भएर पनि धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिंगाको झुण्ड, दुर्लभ एकसिंगे गैँडा हात्तीको लस्कर तिन सय भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसारक्षेत्र रहको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हो । 

आरक्षबाट निकुञ्जमा परिणत भइसकेको शुक्लाफाँटा अवलोकनका लागि आउने पर्यटकका लागि निकुञ्ज प्रशासनले अनेकन पहल गरेको छ । शुक्लाफाँटाको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचित गराउन अझै सकिएको छैन ।

प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल महाकालीमा पक्की पुल बने शुक्लाफाँटामा भारतका साथै तेस्रो मुलुकका पर्यटकको आगमन बढ्नेमा विश्वस्त छन् । पश्चिमी नाकाबाट भारतको राजधानी नयाँ दिल्ली करिब तिन सय ५८ किमीको दूरीमा पर्छ ।

काठमाडौंबाट शुक्लाफाँटाको प्याकेज महँगोका साथै होटल पूर्वाधार पनि पर्यटकका लागि न्यून मात्रमा रहेका प्रमुख संरक्षण अधिकृत ढकालले भने “अब अन्तर्रा्ष्ट्रियस्तरसम्म शुक्लाफाँटा आरक्षबाट निकुञ्ज भइसक्यो भनेर प्रचारप्रसार गर्नुपर्ने अवस्था रहेको छ ।

अघिल्लो वर्षको तुलनामा पर्यटकको आगमन शुक्लाफाँटामा बढ्दै गइरहेको छ । गत आर्थिक वर्षमा शुक्लाफाँटा निकुञ्जको दुई हजार छ सय भन्दा बढी पर्यटकले अवलोकन गरेका निकुञ्ज कार्यालयले जनाएको छ ।

रानी तालसहितका आधा दर्जनभन्दा बढी प्राकृतिक ताल छन । निकुञ्जदेखि ९ किमीको दूरीमा रहेको महाकाली नदीमा एक हजार चार सय ५२ मिटर लामोे झोलुंगे पुल रहेको छ । यो कञ्चनपुरको पर्यटकीय क्षेत्रको थप गहनता र सम्भावनाको केन्द्र हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...