चेतनशील प्रतिस्ठानको प्रथम साधारण सभा सम्पन्न

Kapilbastu news 26

कपिलवस्तु । कपिलवस्तुको चेतनशील प्रतिस्ठानको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

रास्ट्र र समाजका लागि केही गर्नुपर्छ र रास्ट्र निर्माणमा युवाहरूको भुमिका हुनुपर्छ भन्ने उद्देश्यले स्थापित चेतनशील प्रतिस्ठानको प्रथम साधारणसभा बाल मावि. बैरियामासम्पन्न भएको हो ।

सो प्रथम साधारण सभाले अरुण भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रतिभा गौतम, सचिवमा सन्दिप अर्याल, सहसचिवमा नवराज पौडेल र कोषाध्यक्षमा भिमार्जुन पौडेल चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा राजु कुवँर क्षेत्री, प्रतिज्ञा भट्टराई, सुशील भट्टराई, रचना भण्डारी, मिलन पोख्रेल, सुदन पाण्डे रहेका छन् ।

नवनिर्वाचित भट्टराईले यो वर्ष देउसी भैलो खेलेर आर्थिक संकलन गरेर एम्बुलेन्स संचालन गर्ने, विपन्न परिवारलाई लत्ताकपडा वितरण गर्ने र लागू औषधि विरुद्धको सडक नाटकसहितका सामाजिक क्षेत्रहरुमा विभिन्न चेतनामुलक काम गर्ने बताए ।

प्रतिकृया दिनुहोस