समानुपातिक निर्वाचनमा भाग लिन १७ दलको आवेदन

Nirwachan aayog

काठमाडौ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन १७ दलले आवेदन दिएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन मंगलबारसम्म आवेदन मागेका थियो । त्यसअन्तर्गत पहिलो दिनमै १७ राजनीतिक दलले समानुपातिक निर्वाचनमा भाग लिने गरी आवेदन दिएका छन् ।

यसरी निवेदन दिनेमा समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका दल छन् ।

निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनकालागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ । आइतवार आयोगमा निवेदन पेश गर्ने अधिकांश दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा भाग लिने जनाएका छन् ।

प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खास–खास प्रदेशमा मात्र भाग लिने हो ? सो समेत स्पष्टरुपमा खुलाएर सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन आयोगले सुचना जारी गरेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकैसाथ गर्ने सरकारले निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...