बाढीका कारण सियरा लिओनमा ५ हजार बालबालिकाको बिचल्ली  

Siriya lion ba

सियरा लियोन । सियरा लिओनमा अगस्त महिनाको सुरुमा आएको भिषण बाढी र पहिरोका कारण कम्तीमा पनि ५ हजार जना बालबालिकाको बिचल्ली भएको छ ।

उनीहरुमध्ये अधिकांशले अभिभावक गुमाएका छन् भने अरु कैयौँ घरबारबिहीन भएर बिचल्लीमा परेका छन् । बिचल्लीमा परेकाहरुलाई स्थानीय स्तरमा शिविर बनाएर रेखदेख गरी राखिएको छ ।

राजधानी फ्रिटन नजिकै आएको बाढी पहिरोका कारण हजारौँ व्यक्ति घरबारबिहीन भएको सूचना तथा सञ्चार उपमन्त्री कर्नेलिउस डेभेक्सले जानकारी दिए ।

सियरा लिओनको कानिङगो लगायतका समुदायलाई गत अगस्त महिनाको सुरुरित आएको बाढी पहिरोले असर पारेको छ । उद्वारसम्बन्धी विभिन्न निकायहरूमा ती घरबारबिहीन बालबालिकाको विवरण दर्ता भएको अधिकारीहरूले बताए ।

क्याथोलिक डन बस्को फम्बुल लगायतका स्थानीय केही गैरसरकारी संस्थाहरूले घरबार विहिन भएका बालबालिकाहरूका लागि आवासको व्यवस्था गरिदिएका छन् ।

बाढी पहिरोका कारण करिब ५ सय जनाको मृत्यु भएको र उनीहरुको शव पनि धेरै पछिमात्र भेटिएको उपमन्त्री डेभेक्सले जानकारी दिए । उनले खोजी तथा उद्धार कार्यका लागि निकै गाह्रो भएको अनुभव पनि सुनाए ।

ठूलो झरी र अविरल वर्षाका कारण अघिल्लो सोमबारदेखि देशका धेरै ठाउँमा गएको पहिरोमा परी करिब ६ सय जना बेपत्ता भएका बताइएको छ ।

प्रतिकृया दिनुहोस