दक्षिण भारतमा बस विसौनीको छाना खस्दा नौ जनाको मृत्यु, केही फसेको आशङ्का

5178ba5b 5115 45c2 b487 313c3a044d7c

नयाँ दिल्ली । दक्षिण भारतमा बस विसौनीको छाना बिहीबार खस्दा र कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइम्वातुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको छाना भत्किँदा भएको दुखद् घटनामा केही जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर मृतकको एकीन सङ्ख्याबारे पुष्टि भैनसकेको कोइम्वतुरका एक उच्च अधिकारीले सिन्ह्वालाई बताए ।
छानामूनि थप व्यक्ति परेको हुनसक्ने सूचनाका आधारमा बिहीबार साँझसम्म उद्धार जारी रहेको उनले बताए । घटनापछि सुरक्षा तथा स्थानीय युवाको पहलमा तत्कालै उद्धार शुरु भएको थियो ।
प्रहरीले छाना भत्किनुमा को दोषी भन्ने विषयमा छानविन शुरु गरिएकोले थप कुरा अनुसन्धानपछि मात्रै बताउन सकिने जनाएको छ ।
गत महिना यस्तै एक घटनामा भारतीय आर्थिक राजधानी मुम्बईमा २१ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । भारतमा कमजोर भौतिक संरचनाका कारण पटक पटक यस किसिमका दुर्घटना हुँदा बर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...