पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकू मारिए

America ladaku

काबुल । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना सशस्त्र लडाकू मारिएको समाचार छ ।

अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूलाई नै लक्ष्य गरेर अफगान सेनाले उक्त प्रान्तमा बुधबार बिहानै हवाई कारबाही गरेको थियो ।

सो कारबाहीमा परी ११ जना लडाकू मारिएको पुष्टी यहाँको गृह मन्त्रालयले गरेको समाचारमा उल्लेख गरिएको छ ।
मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनेको छ । आतङ्ककारीहरुका विरुद्धमा अफगान सेनाले गरेको कारबाहीका क्रममा ११ जना आतङ्ककारी मारिएका छन् ।

मारिएका ती लडाकू आइएस सम्बद्ध लडाकू रहेको उक्त विज्ञप्तिमा जनाइएको छ । आइएसका लडाकूले पूर्वी अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सेनासँग भिडन्त गर्ने गरेको छ ।

सोही कारण पनि पछिल्लो समयमा अफगानिस्तानको सेनाले उनीहरुका विरुद्धमा कारबाहीलाई तीब्र पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...