डेङ्गुका कारण पाकिस्तानमा १७ जनाको मृत्यु

Dengue

पाकिस्तान । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २०० नागरिक प्रभावित बनेका र उनीहरूमध्ये केहीले पाकिस्तानी शहर पेशावरमा उपचार गराइरहेका छन् ।

उक्त अस्पतालमा उपचारपछि तीन हजार ५०० जना स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको छ भने केहीले गम्भीर समस्याका कारण विशेष निगरानीमा राखेर नियमित उपचार भइराखेको विभागले जनायो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...