आकाशबाट यस्तो देखिन्छ बाढी प्रभावित क्षेत्र

Photo 1
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितको उद्दार र राहतमा सरकारले कुनै कसर बाँकी रहने नगरी काम गर्ने बताएका छन्।
 
सोमबार बाढी प्रभावित पूर्वी र मध्य तराईका ९ जिल्लाको अवलकोन गरेर इटहरीको कृष्ण मन्दिरमा बाढी पीडितहरुसँग साक्षात्कार गर्दै प्रधानमन्त्री पीडितहरुको उद्दार र राहतमा निकै गम्भीर भएको भन्दै छिटै सबैसँग राहत र क्षतिपुर्ति रकम पुग्ने बताए।
 
‘बाढीले तराईमा गरेको यो निकै ठूलो मानवीय र भौतिक क्षतिप्रति सरकार गम्भीर छ’ प्रधानमन्त्रीले बाढीबाट पीडितहरुलाई उद्दार गरेर राखेको कृष्ण मन्दिरमा भने, ‘तपाईहरुलाई राहत दिलाउन  र क्षतिपूर्ति रकम छिट्टै हात हातमा सरकारले पुर्‍याउने छ।’

प्रधानमन्त्रीले राहत सामग्री सरकारले यातयातमा कठिनाई भए स्थानीय बजारमा खरिद गरेर पनि वितरण गर्न सम्वन्धित निकायलाई निर्देशन दिइसकेको पनि बताए।

‘यातायात अवरोधले राहतको रकम ल्याउन कठिनाई भए हामीले स्थानीय बजारमै किन्ने व्यवस्था पनि गरेका छौ’ प्रधानमन्त्रीले भने, ‘सरकारले निर्णय गरेको दुई लाख क्षतिपुर्ति रकम केही दिनभित्रै तपाईहरुको हातमा आउने छ ।’

प्रधानमन्त्रीले सोमबारै इटहरीस्थित सेनाको पूर्वी पृतनामा पूर्वाञ्चल क्षेत्रका सबै सरकारी अधिकारीहरुलाई बोलाएर राहत, क्षतिपूर्ति र उद्दारमा कुनै कमिकमजोरी नआउने गरी काम गर्न पनि निर्देशन दिए।

‘तपाईँहरु अब बाढीपीडितलाई राहत कसरी दिने भन्नेमा केन्द्रित हुनुहोस्’ प्रधानमन्त्रीले भने, ‘राहत वितरण र क्षतिपूर्तिमा कुनै कमजोरी भएको मैले सुन्न नपरोस्।’

प्रधानमन्त्रीले बाढी प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराह, सुनसरी, मोरङ र झापाको अवलोकन गरेका थिए। 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...