इटहरी उपमहानगरपालिका एमालेको पोल्टोमा

Dwariklal ra laxmi

धरान । १४ असारमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा सफलता पाउँदै आएको नेकपा एमालेले सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि सफलता हात पारेको छ । इटहरीमा एमालेले मेयर र उपमेयर दुवैमा सफलता हात पार्दै एमालेको जितको संख्या थपेको छ ।

मेयरमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका छन् । एमालेले इटहरीमा कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पारेको छ । चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् ।

उपमेयरमा लक्ष्मी गौतम २२ हजार १ सय ४२ मत ल्याएर विजयी बनिन् । उपमेयरमा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाएकी छिन् ।

प्रतिकृया दिनुहोस