आइतवारदेखि नारायणगढ– मुग्लिन सडक राती १० घन्टा बन्द हुने

Mugling sadak

नारायणगढ । लामो समयदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न असुरक्षित भएपछि स्थानीय प्रशासनले राती यातयातका साधन चलाउन रोक लगाउने भएको छ ।

सो सडक खण्डमा बारम्बार पहिरो गएर यात्रीलाई समस्या पर्न थालेपछि आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठक २५ असारदेखि अनिश्चित कालका लागि राति १० बजेदेखि यातयात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

११ असारमा व्यवस्थापिका–संसद्, विकास समितिले उक्त सडक खण्डको अनुगमन गर्दा यात्रुका लागि असुरक्षित देखेपछि समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा एघारबुँदे विशेष ध्यानाकर्षण र निर्देशन गरेको थियो ।

सोसँगै धादिङ र चितवन जिल्ला प्रशासनले सडक बन्द गर्ने तयारी सुरु गरेको छ । उक्त सडकखण्डमा रहेका ४४ जोखिमपूर्ण घरलाई अस्थायी रुपमा भए पनि तत्काल स्थानान्तरण प्रक्रिया सुरु गरिने प्रजिअ नारायणप्रसाद भट्टले बताए ।

२५ असार आइतवारदेखि सो सडकखण्डमा मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोकिने छन् । बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४ बजे यातायात खुला गरिने निर्णय सो बैठकले गरेको छ ।

विस्तार भइरहेको उक्त सडकखण्डमा राति सम्भव भएका निर्माणका कार्य जारी राखिने छ । तर, निर्माण कम्पनीहरुले भने राति काम गर्न नसकिने जनाउँदै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...