सुक्रबारको पखाईमा इटहरी

को बन्ला इटहरी उपमहनगरको पिता ?

Itahari

धरान । कोशी अञ्चलका अधिकांस स्थानीय तहमा निर्वाचनको मत परिणाम आइसकेका छन् । विराटनगर महानगरपािलका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका जस्ता ठूला सहरमा मत गणना भइरहेका छन् ।

लामो समयको विवादपछि आज विहान ८ बजेदेखि धरान उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । उता विराटनगर महानगरपालिकाको मत गणना भने सुस्त बन्दै गएको छ । यस हिसावमा पनि विराटनगरको मत परिणाम सार्वजनिक भइसक्न अझैं ५ दिनसम्म लाग्ने निर्वाचन अधिकारीहरुको भनाई छ ।

कोशी अञ्चलकै ठूला सहरहरु मध्ये इटहरीले भने सुक्रबारसम्म जनप्रतिनिधि पाउने आस पलाएको छ । निर्वाचन अधिकृत भरतमणि रिजालले पनि सुक्रबार विहानसम्म सम्पुर्ण मतपरिणाम सार्वजविक भइसक्ने बताएका छन् ।

विहीबार राती ८ बजेसम्म पनि इटहरीले नगरपिताको रुपमा कसलाई पाउला भन्ने अड्कलबाजी भइरहेका छन् । हालसम्म एमालेले २ हजार २ सय ३९ मतले लिड गरिरहेकाले पनि धेरैले इटहरी उपमहानगरपालिकामा एमालेका एमालेका उम्मेद्वार द्वारिकलाल चौधरीले २० हजार ७ सय ४१ मतले लिड गरिरहेका छन् । उनलाई नेपाली कांग्रेसका रोहित प्रसाईले १८ हजार ५ सय २ मतले पछ्याइरहेका छन् । हालसम्म चौधरीले २ हजार २ सय ३९ मतले मात्रै लिड गरिरहेका कारण भोली विहान इटहरीले कसलाई चुन्छ भन्ने यसै भन्न नसकिने इटहरीका राजनीतिक दलहका नेताहरुले बताएका छन् ।

इटहरीमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका वडामध्ये धेरैमा वडामा कांग्रेसले जितेको छ । खासगरी इटहरीमा व्यक्ति हेरेर समेत धेरै मत खसेको देखिएको छ । यहीकारण इटहरीमा नगर पिता को बन्छ भनेर सहजै अनुमान गर्न सकिएको छैन ।
यता उपमेयरमा एमालेले बाजी मार्ने पक्कापक्की झै भइसकेको छ । किनभने एमालेकी लक्ष्मी गौतमले २० हजार ८ मत ल्याउँदा नेपाली कांग्रेसकी बिमला ढकालले १६ हजार ९ सय ९२ मत मात्रै पाएकी छन् । उपमेयरमा हालसम्म सार्वजनिक मत परिणाम अनुसार ३ हजार १६ मतको अन्तर परिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...