भारतमा पहिरामा परी ३ नेपालीको मृत्यु

दार्चुला, । भारतमा पहिरामा परी बिहिबार ३ नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित दार्चुला तहसिलको गर्धारमा पहिरो जाँदा जिपमा सवार ३ नेपालीको मृत्यु भएको हो । घटनामा अन्य २ नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए । उक्त घटनामा परी ३ भारतीय नागरिकको समेत मृत्यु भएको छ ।

घाइते नेपालीको भारतको धारचुला स्थित अस्पतालमा उपचार भइरहेको छ । भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...