झापामा कांग्रेस-एमाले आमनेसामने

3 dal flage

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको जिल्लामा पार्टी कमजोर भएको आरोप लागिरहेका बेला झापाको ​शिवसताक्षी नगरपालिकामा एमाले जितको नजिक पुगेको छ ।

झण्डै १ सय मत गन्न बाँकी रहँदा एमालेले मेयरमा १४ हजार ६ सय ८४ मत ल्याएको छ । उपमेयरमा पनि एमाले नै अघि छ । एमालेले उपमेयरमा १४ हजार ९ सय ६० मत पाएको छ ।

यता राम्रो पकड रहेको भनिए पनि नेपाली कांग्रेस निकै पछाडी परेको छ । शिवसतासी नागरपालिकामा नेपाली कांग्रेसले मेयरमा ९ हजार ८ सय ५६ र उपमेयरमा ९ हजार ३ सय २४ मत पाएको छ । यहाँ माओवादी केन्द्रले मेयरमा ४ हजार २१ र उपमेयरमा ४ हजार ४६ मत पाएको छ ।

यता झापाकै बुद्धशान्ती गाउँपालिकामा भने नेपाली कांग्रेस झिनो मतले अगाडी छ । यहाँ कांग्रेसले अध्यक्षमा ७ हजार १ सय ७२ मत पाएको छ । उपाध्यक्षमा कांग्रेसले ६ हजार १ सय ५० मत पाएको छ ।

एमाले पनि सँगै आएको छ । यहाँ एमालेले अध्यक्षमा ६ हजार ६ सय २४ र उपाध्यक्षमा ६ हजार ६ सय २४ मत पाएको छ ।

माओवादी केन्द्रले भने अध्यक्षमा १ हजार ७ सय ३५ र उपाध्यक्षमा १ सय ७ सय ३५ मत पाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...