सप्तरीका बाढीपीडितलाई राहत र औषधि वितरण

Saptri

राजविराज, । विवेकशील नेपाली सुनसरीको सहयोग र सप्तरी युथ नेपालको समन्वयमा यहाँका करिब ६० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ ।

निरन्तरको वर्षाले सप्तरीमा पसेको बाढीबाट समस्यामा परेका रुपनी गाउँपालिका–२ रायपुरका बासिन्दालाई राहत वितरण गरिएको छ ।
उनीहरुलाई च्यूरा, भुजा, चाउचाउ, बिस्कुट, खानेपानी र लत्ताकपडालगायतका राहत वितरण गरिएको बताइएको छ ।

यसैबीच रुघाखोकी, ज्वरो, झाडापखालाबाट बच्नका लागि बाढीपीडितलाई नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन धरानले औषधिसमेत वितरण गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...