जस्तापाता र चर्पी निर्माणका लागि सहयोग गरेपछि दलित समुदाय हर्षित

Jastapata

धरान । दलित सञ्जालले जस्तापाता चर्पी निर्माणका लागि सहयोग गरेपछि दलित समुदाय हर्षित भएका छन् । विपन्न त्यसमाथि सुकुम्बासी जीवन बिताइरहेका ४५ परिवारलाई दलित सञ्जालले चर्पी निर्माण तथा छानो र घेराबेराका लागि प्रत्येक परिवारलाई ३÷३ थानको दरले जस्तापाता टिन वितरण गरेको हो ।

सुनसरी सदरमुकाम इनरुवा–९ बबियाकी सरिखा खत्वेले जसोतसो फुसको घरमा जीवन चलाइरहनु भएको थियो । एकातर्फ घरको समस्या र अर्कोतिर घरमा चर्पी नहुँदा कहाँ दिसापिसाब गर्न जाने भने समस्याले पिरोलिरहेको थियो ।आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले राम्रो घर र चर्पी बनाउन सकेका छैनन् ।

तर स्थानीय एक दलित सञ्जालले उनहरुको समस्या हेरेर जस्तापाता वितरण गरेपछि अहिले भोग्दै आएको समस्याबाट मुक्ति पाएको अधिकारकर्मी कमला खत्वेको भनाइ छ । उनीहरुको समस्यालाई मध्यनजर गरी चर्पी निर्माण तथा छानो र घेराबेराका लागि स्थानीय दलित सञ्जालले जस्तापाता वितरण गरेको हो ।

उनलाई चर्पी नहुँदा दिसापिसाब गर्न बाँसघारी वा खोलानाला तथा सार्वजनिक ठाउँमा जानुपर्ने बाध्यता थियो । उनले जस्तै बबिया–९ कै जितु खत्वे, गणेशी राम, लीला विक, भोटे विक, रमिला खत्वे, बुदनी सरदारलगायतका ४५ परिवारको अवस्था उस्तै थियो ।

दलित र विपन्न भएका कारण फुसको घरमा जसोतसो गुजारा गरे पनि दिसापिसाब गर्नलाई चर्पी नहुँदा सधैँ सार्वजनिक ठाउँमा जानुपर्ने बाध्यता थियो ।

दलितहरुलाई ३÷३ थानको दरले जस्तापाता टिन वितरण गरेको र सोबाट चर्पी निर्माणमा योगदान पुग्ने दलित सञ्जालका अध्यक्ष जोगनारायण खत्वेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...