राजपाका नेताले लुम्बिनी साँस्कृतिक नपामा राज गर्ने

Rajapa meyar

बुटवल । राष्ट्रिय जनता पार्टी नेपालले केन्द्रमा आन्दोलन गरेर चुनाव बहिष्कार गरे पनि लुम्बिनी साँस्कृतिक नगरपालिकामा भने निर्वाचनमा भाग लिएर जित हासिल गरेको छ ।

विश्वसम्पदा सूचिमा सूचिकृत लुम्बिनी सांस्कृतिक नगरपालिकामा ‘राजपा’ का उम्मेदवार मनमोहन चौधरी (कन्हैयाबावु) ले शंख चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए । उनले स्वतन्त्र भनेर निर्वाचनमा भाग लिए पनि ८ हजार १ सय ७५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरेका छन् ।

लुम्बिनी सांस्कृतिक नगर रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिका पछिको मुख्य नगरी समेत हो । उनी स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् ।

उपमेयरमा भने संघीय फोरमकी जानकीदेवी श्रीवास्तवले ४ हजार ७ सय २० मत पाएर विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५ सय ८८ मत प्राप्त गरेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...