लागूऔषधसहित १ महिनामा १४ समूहका ६ अभियुक्त पक्राउ

Hatkadi7.

काठमाडौँ, । महानगरीय प्रहरी प्रभाग नागढुङ्गा प्रभागबाट खटिएको टोलीले १ महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

यस्तै प्रभागले बिहिबार बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दी घर भएका सोनु कापरलाई पक्राउ गरेको छ ।
कापरसँग प्रभागले १सय ३० एम्पुल डाइजेल्याब, १ सय २० एम्पुल फेनार्गन, १ सय २० एम्पुल नुर्फिन र १९ एम्पुल लुपिजेसिक बरामद गरेको छ ।

प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले सर्लाही मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९२६७ नम्बरको यात्रुबाहक बसबाट लागूऔषध बरामद गरेको जानकारी दिए ।

प्रभागले लागूऔषध ओसारपसारमा संलग्न थप २ जनालाई कलङ्कीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका सविन लामा र प्रभुराम आलेमगर रहेका छन् ।

प्रभागका प्रमुख घर्तीमगरले पक्राउ गरिएका अभियुक्तको थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएकोबताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...