धरानमा ६४ घण्टापछि मतगणना सुचारु

कमल थापालाई बनाइयो नयाँ अधिकृत

Election matagadana 1

धरान । सहायक निर्वाचन अधिकृतले मत परिणाम सुनाउने बेला मत परिणाम फरक पारेको विरोधमा अवरुद्ध भएको धरान उपमहानगरपालिकाको मतगणना करिव ६४ घण्टादेखि सुरु भएको छ ।

एउटा उम्मेदवारको मत अर्को पार्टीको उम्मेदवारलाई जोडेको सार्वजनिक भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र,संघीय समाजवादी फोरम लगायतका ९ दलीय गठबन्धनका कार्यकर्ताहरुले विरोध जनाएका थिए । सोसँगै मतगणनास्थल रोकिएको थियो ।

हिजो राती अबेर भएको सहमतिमा निर्वाचन कार्यालयका गणक कर्मचारीको विषयमा छानविन गर्ने र दोषी पाइएमा कारबाही गर्ने, नयाँ निर्वाचन अधिृकत ल्याउने जस्ता सहमती भएसँगै आज विहान ८ बजेखि मतगणना सचारु भएको हो ।

सो सहमति अनुसार धरानको निर्वाचन कार्यालयमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापालाई नयाँ अधिकृतको रुपमा ल्याइएको छ । पुराना निर्वाचन अधिकृत जयप्रकाश महतलाई हटाएको छ ।

सोमबार राती धरान वडा नं ९ को मतगणना सकेर घोषणा गर्नुअघि रुजु गर्ने क्रममा संघीय समाजवादी फोरमका उपमेयर उम्मेदवारको मत नेकपा मालेको उम्मेदवारलाई जोडेको सार्वजनिक भएको थियो ।

धरानको सभागृहमा आज विहान ८ बजेदेखि मतगणना सुरु हुने भनिएपछि विहानदेखि नै विभिन्न राजनीतिक दलहरुका कार्यकर्ताको भीड लागेको छ । तर, पानी परिरहेका कारण अधिकांस मानिसहरु होटल र सडक पेटीमा बसेका छन् । उनीहरु पानीको प्रवाह नगरी आफुले मत दिएका उम्मेद्वारले हार्ने हो कि जित्ने भनेर व्यग्र प्रतिक्षामा रहेको देखिन्छन् ।

प्रतिकृया दिनुहोस