सकसले खाता खोल्यो सुनसरीमा एमालेले

Sunasari baraha

धरान । अन्य जिल्लाहरुमा सहजरुपमा जित हात पार्दै आएको नेकपा एमालेलाई सुनसरीमा खाता खोल्न निकै सकस परेको छ । यस्तो अवस्थामा बल्लबल्ल एमालेले खाता खोलेको छ ।

कुल ७५ लाख ३ हजार ३ सय २८ जनसंख्या रहेको सुनसरीमा १२ स्थानीय तह छन् । जसमा २ उप महानगरपालिका, ४ नगरपालिका संख्या र ६ गाउँपालिका छन् ।

सुनसरीका १२ वटा स्थानीय तहमध्ये ९ वटाको परिणाम आउँदासम्म निरास बनेको एमालेले बल्लबल्ल बराह नगरपालिकामा मेयर तथा उपमेयर दुवै पदमा सान्त्वना जित हात पारेको छ ।

सुनसरीको सान्त्वना जितका लागि मेयरमा निलम खनालले १४ हजार ४ सय ४६ मत पाए । उपमेयरमा विजयी भएकी कमला मागरले १४ हजार ६०९ मत पाइन् ।

मेयरका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराम विष्टले ११ हजार ४ सय ८९ मत पाए भने उपमेयरकी निकटतम् प्रतिद्धन्द्धी कांग्रेसकी पूजा राजधामीले ११ हजार ३ सय ५९ मत पाइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...