३०७ निकायमध्ये १३५ मा एमालेको जित

एमालेभन्दा १९ स्थान तल छ कांग्रेस

R

काठमाडौं । ३५ जिल्लामध्ये २७ जिल्लाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ ।

दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा ३०७ स्थानीय तहका मतपरिणाम घोषणा हुँदा नेकपा एमालेले १३५ स्थानमा प्रमुख तथा मेयर जितेको छ भने उपप्रमुख एवम् उपाध्यक्षमा १५७ जित हात पारेको छ ।

११६ स्थानमा आफ्नो जित सुनिश्चित गर्दै नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा दोस्रोमा सीमित भएको छ । कांग्रेसले उपप्रमुख एवम् उपाध्यक्षमा ९९ जित निकालेको छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रले ३६ स्थानमा मेयर तथा प्रमुख पद हात पार्दै तेस्रो बनेको छ । केन्द्रले हालसम्म ३७ उपप्रमुख तथा मेयर जितेको छ । त्यसैरी हालसम्म संघीय समाजवादी फोरमले ६, लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र उम्मेदवार २ स्थानमा स्थानीय तहको प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

१४ असारमा ३ वटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर १ का ११९, प्रदेश नम्बर ५ का १०४ र प्रदेश नम्बर ७ का ८४ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।

दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

२७ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ भने ८ जिल्लाका २४ स्थानीय तहमा मतगणना भइरहेको छ ।
मतगणना स्थगित भएका स्थानीय तहमा सुनसरीको धरान, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिका गरी ३ स्थानीय तहमा मतगणना स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस