सबै स्थानीय तहमा पशुपन्छीको व्यावसायिक विकास गरिने

Cow

काठमाडौं । पशुपन्छी विकास मन्त्रालयले ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ ।

मन्त्रालयले सबै स्थानीय तहमा पशुपंक्षिको विकास र संरक्षणमा लागि आफ्ना नयाँ योजनाहरु सार्वजनिक गरेको छ ।

मन्त्रालयले उन्नत नश्ल पशु वितरण, घाँस उत्पादन, पशु स्वास्थ्य परीक्षण तथा औषधि, खोपलगायत विषय समावेश गरिएको छ । देशका सातै प्रदेशमा पशुअन्तर्गत गाई, भैँसी, पाडापाडी, खसीबोका, भेँडाच्याङ्ग्रा तथा पन्छीमा कुखुरा, हाँस, अस्ट्रिचलगायत पालन गर्ने कृषकलाई बजारको अवस्था तथा उपभोक्ताको मनोविज्ञानका बारेमा व्यावसायिक तालिम उपलब्ध गराउने योजना बनाएको छ ।

यस किसिमको योजनाबाट दूध तथा मासुको उत्पादनमा वृद्धि भई त्यसको खपत स्वदेशमा बढाउन सकिएमा मुलुकलाई मासु र दूधबाट आत्मनिर्भर बनाउन सकिनेछ । मन्त्रालयले उक्त प्रयोजनका लागि तीन अर्ब १४ करोडको खर्च विनियोजन गरिएको छ ।

तालिमप्राप्त कृषकले थोरै लगानीमा धेरै लाभ प्राप्त गर्न सक्ने र त्यस क्षेत्रमा राम्रो उत्पादन गरी वस्तुलाई बजारमा आपूर्ति गर्ने विश्वास गरिएको छ ।
मन्त्रालयले ल्याएको सो योजनाबाट पशु तथा पन्छीको व्यवसायमा संलग्न कृषकको आर्थिक समृद्धि तथा राष्ट्रको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...