बाँध निर्माणमा सेना परिचालन

Saptari baddhi

राजविराज । शनिबारदेखि परेको बविरत वर्षाले सप्तरीको जनजीवन कष्टकर बनेको छ ।

लगातारको बाढीले सप्तरीका विभिन्न स्थानमा रहेका बाँध भत्किएपछि सयौ घर डुवानमा परेका छन् । लगातार बाँध भत्किएर बाढी बस्तीमा पस्न थालेपछि त्यसलाई रोक्न सरकारले सेना परिचालन गरेको छ । सेनाले तत्काल बाँध बनाउन पनि थालेको छ ।

महुली नदीको बाँध भत्किएर मयनाकरेडी र लोहजाराको भेडिया बस्तीलाई बाढी पस्न थालेपछि बुधबार दिउँसोदेखि सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

बाँध नबनाउँदा बस्ती नै सखाप हुने अति संबेदनशील स्थानमा बुधबारबाटै सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । सुरक्षाकर्मीले सो स्थानहरुमा जालीमा बोरा भरेर नियन्त्रणको कार्म गर्न पनि थालिसकेका छन् ।

ती सुरक्षाकर्मीलाई खाडो नदीको तटबन्धअन्तर्गत तोपा र लौनियामा समेत सुरक्षाकर्मीले कटान नियन्त्रणमा पनि प्रयोग गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस