इटहरी र बराहमा एमालेको अग्रता कायमै

Mat patra

धरान । इटहरी उपमहानगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ ।

पछिल्लो अमत परिणाम अनुसार एमालेका द्वारिकलाल चौधरीले १६ हजार १ सय ७८ मत पाएका छन् । उनले काग्रेसका उम्मद्वार रोहित प्रसाईलाई २ हजार बढी मतले पछि पारेको छ । यहाँ कांग्रेसको पक्षमा १४ हजार ३ सय ४६ मत आएको छ । मेयरमै माओवादी केन्द्रलाई २ हजार ५ सय ५३ र राप्रपालाई १ हजार ४ सय ५७ मत आएको छ ।

त्यसैगरी उपमेयरमा पनि एमाले नै अग्रपंक्तिमा छ । एमालेको उपमेयर लक्ष्मी गौतमले हालसम्म १५ हजार २ सय ८७ मत ल्याएकी छन् । नेपाली कांग्रेसकी बिमला ढकालले १५ हजार २ सय ८७ पाएकी छन् ।

यता, सुनसरीको बराह नगरपालिकामा एमालेले ३ हजार मतको अग्रता लिएको छ । पछिल्लो मतगणना अनुसार एमालेले १३ हजार ८ सय ४४ मत पाएको छ भने नेपाली कांग्रेसले १० हजार ९ सय २५ मत पाएको छ ।

प्रतिकृया दिनुहोस