नेपाली कारागारमा भुटानी धेरै

Karagar

काठमाडौँ, । नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २ सय २७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ नौ, रोमानियाली छ र तान्जेनियाली ३ छन् ।

यसैगरी भारत, भियतनाम, थाइल्यान्ड, मलेसिया, इरान, नाइजेरिया, फ्रान्स, बेलायत, श्रीलङ्का, दक्षिण अफ्रिका, टर्की, क्यानडा, जाम्बिया, फिलिपिन्स, स्वीडेन, रुस, सिङ्गापुरलगायत मुलकका कैदी छन् । तीमध्ये छ कैदीबन्दीको ठेगाना खुलेको छैन ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले चोरी, लागुऔषध, बैङ्किङ कसुर, किर्ते नागरिकता, बिना प्रवेशाज्ञा, कर्तव्य ज्यान, खोटा चलनलगायत अपराधमा विदेशीलाई कारागारमा राखिएको बताए ।

नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये ३८ झापा कारागार, २१ भुम्का कारागार सुनसरी, ६१ नख्खु कारागार ललितपुर, १० मोरङ कारागार, ७४ केन्द्रीय कारागार, १२ डिल्लीबजार कारागार तथा एक एक रामेछाप, इलाम र धादिङ कारागारमा राखिएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...