संशोधनको नयाँ प्रस्ताव आए पारित गर्छौं : एमाले

Pradip gyawali

काठमाडौं । सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने एमालेले पारित गर्न सहयोग गर्ने बताएको छ ।

एमालेका सचिव प्रदिप ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव ल्याइए एमालेले पास गर्न मद्यत गर्ने बताए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा सचिव ज्ञवालीले एमालेको परामर्स विना सरकारले हतारमा संशोधन प्रस्ताव ल्याएकाले त्यो पास हुन नकसकेको बताए । उनले भने, ‘हाम्रो परामर्श बिनै ल्याईएको यो प्रस्ताव कुनै पनि हालतमा हामी पास गर्न सहयोग गर्दैनौं ।’ उनले फेरि सरकारे सबैसँग सल्लाह गरेर नयाँ प्रसव ल्याएमा एमालेलेलाई स्वीकार्य हुने बताए ।

‘तेस्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुनै सक्दैन त भनेर म अहिले भन्दिन्,’ उनले भने, ‘तर यसको लागि सदनमा विचाराधिन रहेको संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ, अब एमालेसहित बसेर नयाँ प्रस्ताव तयार पारियो भने एमालेले पास गराउन सहयोग गर्छ ।’

उनले साँच्चिकै संविधान संशोधन गर्नुपर्ने भएमा राजपा सहितका सबै मुलधारका दलहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताए । उनले एमालेबाहेक नै संशोधन प्रस्तावमा दुई तिहाई पु¥याउँछौं भनेर कांग्रेस र माओवादी केन्द्रले कसम खाएको दावी गरे । उनले असोज २ गतेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि पनि संशोधन गर्न सकिने बताए ।

उनले माघ ७ गतेभित्रै सबै चरणको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले समयको चापलाई हेरेर अहिले संशोधनको नाममा अल्झिन नहुने बताए । उनले प्रदेश र केन्द्रिय संसदको चुनाव समयमै गर्नको लागि यही हप्ताभित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न समेत माग गरे ।

प्रतिकृया दिनुहोस