ओखलढुङ्गामा ४ तहमा काँग्रेस, ३ तहमा एमाले  

Images cms image

 

खोटाङ, । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये ४ तहमा नेपाली काँग्रेस, ३ तहमा नेकपा एमाले र एउटामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

१ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा काँग्रेस चम्पादेवी गाउँपालिका, खिजिदेम्बा गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा विजयी भएको छ ।

एमाले सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र लिखु गाउँपालिकामा विजयी भयो माओवादी केन्द्र चिशङ्खुगढी गाउँपालिकामा विजयी भएको छ ।

सिद्धिचरण नगरपालिकाको प्रमुखमा एमालेका मोहनकुमार श्रेष्ठ ४ हजार ७ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डिल्ली खनालले ४ हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी इच्छाकुमारी गुरुङ ४ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी हेमालक्ष्मी राईले ४ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् ।

यस्तै मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोतीराज राई ३ हजार ८ सय ५९ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले २ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा काँग्रेसकी सविता राई ४ हजार ३५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी अम्मता राईले २ हजार १ सय ५० मत प्राप्त गरेका छन् ।

यसै गरी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नवराज केसी ३ हजार २ सय ४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरेले २ हजार ८ सय ४१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा काँग्रेसकी निर्मलादेवी रैका ३ हजार २ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना थापाले तीन हजार ११ मत प्राप्त गरेकी छन् ।

त्यस्तै खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका वेदबहादुर रोका २ हजार ९ सय ६० मत प्राप्त गरी विजयी भ्उका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लाक्पागेल्बु शेर्पाले २ हजार ३ सय ६१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा काँग्रेसकी सुशीला तामाङ ३ हजार १ सय २४ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती रोकाले २ हजार ९४ मत प्राप्त गरेकी छन् ।

यस्तै सुनकोसी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रुद्रप्रसाद अधिकारी ३ हजार ७ सय २ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ज्ञानबहादुर खड्काले ३ हजार ३ सय ९७ मत प्राप्त गरे ।

उपाध्यक्षमा काँग्रेसकी दुर्गाकुमारी तामाङ ३ हजार ४ सय ८५ मत प्राप्त गरी विजयी भइन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मुना श्रेष्ठले २ हजार ९सय ९ मत प्राप्त गरेका थिए ।

यसैगरी मोलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका मणिराज राई ३ हजार १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र कार्कीले २ हजार ९ सय ८६ मत प्राप्त गरे ।

उपाध्यक्षमा काँग्रेसकी हेमकुमारी तामाङ ३ हजार २ सय ५९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमकला धमलाले २ हजार ७ सय ५२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर पौडेल ३ हजार १० मत प्राप्त गरी विजयी भएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अशोककुमार कार्कीले २ हजार ९ सय ३५ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी शान्ता ढुङ्गे ३ हजार १ सय १० मत प्राप्त गरी विजयी भएकी छन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मन्दिरा दाहालले २ हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।

यस्तै चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोलाले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर थापा मगरलाई पराजित गरे ।

बास्तोलाले १ हजार ९सय ६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी सुष्मिका राई २ हजार ७३ मत प्राप्त गरी विजयी हुन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी खिलामायाँ आलेमगरले एक हजार ९ सय ६९ मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...