उपमहानगरमा राप्रपाको पहिलो जित

धवल समशेर राणा बने राप्रपामा हिरो

Dawal shamser

बाँके । दोस्रो तहको निर्वाचनमा कम मत ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले उपमहानगरपालिकामा जित हात परेको छ ।

नेपालगञ्ज उपमहागरपालिकामा राप्रपाका उम्मेदवार धवल समशेर राणाले १२ हजार ५१५ मत ल्याएर उपमहानगरपालिकामा राप्रपाको प्रतिनिधित्व जनाएका छन् । राणाले ३ हजार ७८५ मत अन्तरले मेयरमा बाजी मार्दै राप्रपामा हिरो बन्ने अवसर पाएका छन् ।

तर राप्रपाकी रमारानी वैश्य भने उपमेयरमा पराजित भएकी छन् । उनले ८९२४ मत ल्याइन् भने उपमेयरमा कांग्रेसकी उमा थापमगरले १० हजार ७३१ मत ल्याएर विजयी भइन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा झिनो मतले पारजित राणा स्थानीय तहको निर्वाचनमा पनि भाग लिएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. सुरेशकुमार कनौडिया ८ हजार ७३० मत ल्याएर पराजित भए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...