बस पल्टिँदा २ को मृत्यु

Accident

चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा बस पल्टिँदा २ दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

काठमाडौँबाट धनगढी जान तीव्रगतिमा आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो । बसमा सवार २७ जनामध्ये सकुशल रहेका २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो ।

मृत्यु हुनेमा राजकुमार थारु र निजकी तीन महिनाकी छोरी छन् । थारु केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमा नै मृत्यु भएको हो ।

पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । तीमध्ये चालक कैलालीका ४५ वर्षीय दिनेश राना र मृतक थारुकी श्रीमती गम्भीर घाइते छन् । अन्य तीनजनाको अवस्था भने सामान्य छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...