बाजुरामा ६ तहमा काँग्रेस, ३ तहमा एमाले

Congress uml mao vote counting matgadana 1

बाजुरा, । जिल्लामा कुल ९ स्थानीय तह मध्ये ६ वटामा नेपाली काँग्रेस र तीनवटामा नेकपा एमाले विजयी भएको छ । काँग्रेस ४ नगरपालिका र २ गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ ।

काँग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी भएको छ भने एमाले स्वामिकार्तिक, पाण्डवगुफा र गौमुल गाउँपालिकामा विजयी भएको छ ।

जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा काँग्रेस, ३२ वडाध्यक्षमा एमाले र ३ वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

बूढीनन्दा गाउँपालिकाको अध्यक्षमा पद्मकुमार गिरी ३ हजार ३ सय ३६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनककुमार बोहराले ३ हजार १ सय ८७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी सृष्टि रेग्मी तीन हजार ३ सय ८ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रीता सिंहले ३ हजार १ सय ८० मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...