झापाको कचनकवल गाउपालिकामा राप्रापा विजयी  

Rpp halo ki ga

झापा । झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएका छन् ।

अन्जर आलमले ५ हजार ८ सय १६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कालेन्द्र राजवंशीले ५ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा निमसरी राजवंशीले ५ हजार ७ सय ७४ मत प्राप्त गरी विजयी भएकी छन् । भने उनकी निकटम् प्रतिद्वन्द्वी काँग्रेसकी गीता खरेल ओडारीले ५ हजार ७७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, सो गाउँपालिकाको वडा नं १, ३, ५ को वडाध्यक्षमा राप्रपाकै क्रमशः लक्ष्मी यादव ८ सय ६०, विजयकुमार राजवंशी ८ सय ७७ र महेशलाल गशेणले ८ सय ३७ मत प्राप्त गरी विजयी भएका हुन् ।

यसैगरी वडा नं २ र ६ को वडाध्यक्षमा एमालेका क्रमशः मेखबहादुर भट्टराई ६ सय ७९ र कुलबहादुर कार्कीले ९ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं.४ र ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः परमानन्दसिंह राजवंशीले ७ सय ८७ र भरत राजवंशीले ६ सय ९५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले बताए ।

कुल २५ हजार ७ सय ४९ मतदाता रहेको सो गाउँपालिकामा १९ हजार ५ सय १ ले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...