साउदी पुगेका १० जना नेपालीले गरे जिवन रक्षको अपिल भन्छन ट्वाइलेको पानी खाएर बाचेका छौँ

साउदी अरबबाट

काठमाण्डौ, । लक्की एच आर मेनपावर मार्फत साउदी पुगेका १० जना नेपालीले जीवन रक्षाको लागि नेपाल सरकारसंग आग्रह गरेका छन् ।

एउटा कोठामा बसेका उनीहरुसंग साथमा पैसा नभएको र कम्पनीले खान समेत नदिएकाले ट्वाइलेटको पानी खाएर बस्नु परेको पीडितले बताए ।

गत वर्ष जुलाई महिनामा साउदीको सल्मान हुसैन कम्पनीका लागि गएका नेपालीहरु कम्पनीले तलब नदिए पछि बिचल्लीमा परेका छन् । अगस्त महिना देखि कम्पनीमा काम गरीरहेका उनीहरुले डिसेम्बर देखि तलब पाएका छैनन् ।

कम्पनीले खान र बस्न समेत नदिए पछि उनीहरु दयनिय अवस्थामा पुगेका छन् । दैलेखका बमबहादुर बस्नेत, जाजरकोटका जनकवादुर खत्री, बांकेका मानसिंह कामी, दैलेखका मानवहादुर कामी, दागंका लेखवहादुर विश्वकर्मा, मोरगंका गोबिन्द ताम्राकार, तेह्रथुमका जितवहादुर जोगी लगायत १० जना बिचल्लीमा परेका हुन् ।

कम्पनीमा ३ जना मालिक भएको र उनीहरुसंग तलबको कुरा गर्दा पेस्तोल देखाएर ज्यान मार्ने धम्कि दिने गरेको उनीहरुले बताएका छन् । मेनपावर कम्पनीमा सम्पर्क गर्दा उल्टै धम्की खानु परेको पीडितले बताएका छन् ।

मेनपावरका उमा तामागं र दिपक अधिकारीसंग मात्र आफुहरुको चिनजान भएकाले तलब नदिएको विषयमा उनीहरुसंग कुरा गर्दा उल्टै धम्की दिएको पीडितले बताए ।

कम्पनीले तलब नदिएको र आफुहरुसंग भएको पैसा सकिए पछि केही दिन देखि भोक भोकै बस्नु परेकाले उनीहरुले जीवन रक्षाको अपिल गरेका छन् ।

“ज्यान भन्दा ठुलो कुरा केही भएन तत्काल उद्धार नगरीए हाम्रो ज्यान जोखिममा छ, जितवहादुर जोगीले भने, तलबको कुरा गर्ने बित्तिकै कम्पनीको मालिकले पेस्तोल देखाएर मारीदिन्छु भन्छ ।”

सात महिना देखि तलब नपाएका उनीहरुलाई कम्पनीका मालिकले घरको काम समेत लगाउने गरेका छन् । नेपालीहरुले आवाज निकाल्नासाथ हातपात गर्ने गरेको उनीहरुले बताएका छन् ।

“यहां भएका मध्ये मालिकको पिटाई नखाने कोही पनि छैन, जनकवहादुर खत्रीले भने, कम्पनीमा मात्र होइन मालिकको घरमा १८ घण्टा काम गर्दा समेत खान दिंदैन ।”

उनीहरुलाई मार्केट क्लिनरको लागि मासिक १ हजार रियाल तलब दिने शर्तमा मेनपावर कम्पनीले पठाएको थियो । उनीहरुलाई न कम्पनीले भनेजस्तो काम दियो न तलब नै ।

नेपाली साझा मंच र साथी अभियानले सहयोगका लागि प्रयास गरिरहेको छ । पीडितहरु साउदीमा रहेका मन्चको अध्यक्ष महेश श्रेष्ठ को सम्पर्कमा आएको उपाध्यक्ष शारदा भुसाल झा भ्रष्टाचार बिरोधी अभियानकर्ताले बताए । उनले समस्या समाधानका लागि नेपालबाट आफुले प्रयास गरीरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...