१ महानगर र ७ उपमहानगरको अवस्था कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा

विराटनगर, । विराटनगर महानगरपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस २ सय ८८ मतसहित अग्रस्थानमा छ ।

कांगे्रसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाएका छन् भने एमालेका विनोद ढकालले ३ हजार ५७ मत पाए । यस्तै संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत पाए ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका इन्दिरा कार्कीले २ हजार ६ सय ८१ मत प्राप्त गरेकी छन्, त्यस्तै लोकतान्त्रिक फोरमकी सूचि चौधरीले १ हजार ३ सय ४६ मत प्राप्त गरिन् भने माओवादीकी नमिता न्यौपानेले १ हजार ४ सय ४६ मत पाएकी छन् ।

दोस्रो चरणका चुनाव भएका ७ वटा उपमहानगरपालिकामध्ये कैलालीको धनगढीको मतगणना फेरि रोकिएको छ । हिजो मुचुल्का र मतपेटिकाको सिल रुजु गरेर मात्र मतपेटिका खोल्ने सहमति भएकोमा बिहान मुख्य निर्वाचन अधिकृतले मुचुल्का खोज्न समय लाग्ने भएकाले त्यसो गर्न नसकिने बताएपछि राजनीतिक दलका प्रतिनिधिले मतगणना बहिष्कार गरेका हुन् ।

यसअघि हिजो १७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए । मतगणना स्थगित हुनुअघिसम्म धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नृपबहादुर वडले ३ हजार ४ सय ९७ मतले अग्रता लिइरहेका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३ हजार ८२ मत सहित पछ्याइरहेका छन्। एमालेका दुर्गाप्रसाद जोशीले भने २ हजमर ८सय ५४ मत प्राप्त गरे । उपमेयरमा भने कांग्रेसकी सुशीला मिश्र भट्टले ४हजार ९ ल्याएर अग्रता लिएकी छन् । एमालेकी रुकमणी देवकोटाले ३हजार ५ सय १८ मत प्राप्त गरिन् ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकामा सुरुदेखि नै कांग्रेसले लिएको अग्रता तोड्दै एमालेका मेयर उम्मेदवार द्वारिकलाल चौधरीले अग्रता लिए । पछिल्लो मत परिणाम अनुसार चौधरीले ७ हजार ९ सय २ मत पाए । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रोहित प्रसाईंले ७ हजार ८ सय ९३ मत पाए ।

उपमयेरमा पनि एमालेकी लक्ष्मी गौतमको ७ हजार ६ सय १३ र कांग्रेसकी बिमला शिवाकोटीको ७ हजार ८ सय ३६ मत छ । धरान उपमहानगरपालिकामा पनि एमालेको अग्रता छ ।

यस्तै रुपन्द्रेहीको बुटवल, दाङको घोराही र तुल्सीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । रुपन्द्रेहीको बुटवल उपमहानगरपालिकामा एमालेको अग्रता छ ।

एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदीले ८ हजार २ सय ८७ र नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले ७ हजार ५ सय ८४ मत ल्याए ।

त्यस्तै उपमेयरमा पनि एमालेकै गोमा आचार्य अगाडि छिन् । उनले ८ हजार ९ सय ६३ मत ल्याइन् । त्यस्तै कांग्रेस माओवादी गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीका जगत पोखरेलले ५ हजार ४ सय ३७ मत प्राप्त गरे ।

दाङका दुई उपमहानगरमा एमालेको अग्रता कायमै छ । घोराही उपमहानगरपालिकाका मेयर उम्मेदवार नरुलाल चौधरीले १३ हजार ६ सय ३९ र उपमेयरका उम्मेदवार सीता न्यौपानेले १२ हजार ७ सय ८२ मत ल्याइन् ।

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार भुपबहादुर डाँगीले ९ हजार ९ सय ७२ मत प्राप्त गरे । कांग्रेसका उपमेयरका उम्मेदवार पुष्पा श्रेष्ठले १० हजार २ सय ५६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै तुल्सीपुर उपमहानगरपालिकामा पनि एमाले अगाडि छ । एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डेले ६ हजार ७ सय २१ र उपमेयरका उम्मेदवार माया आचार्यले ६ हजार ५९ मत ल्याइन् ।

कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले ४ हजार ८ सय ९८ र उपमेयरका उम्मेदवार देवका नेपालीले ५ हजार ३ सय ६७ मत ल्याइन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिकामा राप्रपाको अग्रता कायमै छ । राप्रपाका मेयर उम्मेदवार डाक्टर धवलशमशेर राणाले ६ हजार ५ सय ७ र उपमेयरका उम्मेदवार राप्रपाकै रमारानी गुप्ताले ४ हजार ८ सय २९ मत ल्याइन् ।

यस्तै कांग्रेसका मेयर उम्मेदवार डाक्टर सुरेश कनौडियाले राप्रपा मेयरका उम्मेदवार राणालाई पछ्याउँदै छन् । कनौडियाले ३ हजार ९ सय ८ मत ल्याए । कांग्रेसका उपमेयरका उम्मेदवार उमा थापाले ४ हजार ९ सय ४५ मत ल्याइन् ।उनले राप्रपाका उपमेयरका उम्मेदवार गुप्तालाई १ सय १६ मतले पछाडी पारे ।

त्यस्तै माओवादी केन्द्रका मेयर उम्मेदवार दामोदर आचार्यले ३ हजार ६ सय ३६ र उपमेयरका उम्मेदवार कलामुन अन्सारीले ३ हजार ४ सय ६, एमालेका मेयर उम्मेदवार शमसुद्धिन सिद्धिकीले ३ हजार १ सय १६ र उपमेयरका उम्मेदवार एमालेका शान्ती ढकालले ३ हजार ३ सय ६५ र फोरमबाट मेयर उम्मेदवार कमरुद्धिन राईले २ हजार २ सय ५८ र उपमेयरका उम्मेदवार शोभाकुमारी लखेरले ६ सय ८५ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...