सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालबाट मिसन टोलीको स्वागत

Police ktm 5

काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा आफ्नो १ वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरी सशस्त्र प्रहरी बल नेपालको १ टोली स्वदेश फर्किएको छ ।

सो टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले असार १८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोह वीच स्वागत गरेका छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले सो अवसरमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युएन मिसनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनाका लागि उच्चस्तरको व्यावसायीक क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै विभिन्न देशका सुरक्षाकर्र्मीसँग रहेर कार्य गर्दा आर्जन गरेका अनुभव र ज्ञानलाई स्वदेश फर्किएपछि देश र संगठनको हितमा उपयोग गर्नुपर्ने बताउए ।

संगठनले सशस्त्र प्रहरी कर्मचारीको वृद्धिविकासमा विशेष ध्यान दिदै आएको उल्लेख गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरु आफुगायत जुनसुकै ठाउँमा खटिएता पनि संगठनलाई शिरमा राखेर सबैसँग समन्वय एवं सहकार्य गर्दै प्राप्त म्याण्डेट बमोजिमको जिम्मेवारी निर्वाहमा सधैं कटिबद्ध रहन निर्देशन दिएका छन् ।

उनले दक्षिण सुडानमा खटिएको सो टोलीले त्यहाँका जनता अप्ठेरोमा पर्दा सेवा पु¥याउनुको साथै उद्धार कार्यमा प्रभावकारी ढंगले दायित्व निर्वाह गरेको तथा नेपालको नाम उचाईमा पु¥याउने गरी उदाहरणीय कार्य गरेको भन्दै सो टोलीको प्रशंसा समेत गरेका थिए ।

कार्यक्षेत्रमा आउन सक्ने चुनौतीहरुको सामान गर्न सवै एकढिक्का भई अगाडि बढ्नु पर्ने उल्लेख गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले आपसी विश्वास र सम्बन्ध कायम गर्दै आगामी दिनमा अझै उत्कृट ढंगबाट दायित्व निर्वाह गर्न सक्रिय रहनुपर्ने चर्चा समेत गरेका थिए ।

सशस्त्र प्रहरी नायव उपरीक्षक गाहर्धन राईको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा एपीएफ अधिकृत, बिल्लादार तथा जवान गरी कुल १ सय २६ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...