ताप्लेजुङको श्रीजङ्गामा काँग्रेस, सँगसगै एमाले

Taplejung hamrakura.

ताप्लेजुङ, । श्रीजङ्गा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ भने सगसगै गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

श्रीजङ्गाको अध्यक्षमा काँग्रेसका टीकाराम गुरुङ २ हजार ३ सय ७८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्तबहादुर सावाले २ हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा काँग्रेसकी ज्ञानमाया चौहान २ २ हजार १ सय २६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलामाया तामाङले १ हजार ८ सय ३० मत प्राप्त गरेका छन् ।

श्रीजङ्गाका पाँचवटा वडाध्यक्षमा काँग्रेस,२ मा माओवादी केन्द्र र एउटामा एमाले विजयी भएको छ । काँग्रेसबाट वडा नं २ को वडाध्यक्षमा लालकृष्ण चौहान, ५ मा पूर्णसिंह लिम्बु, ६ मा सुखराज लिम्बु, ७ मा नयाँनाथ तिवारी र ८ मा टसी लामा, माओवादी केन्द्रबाट वडा नं १ मा उर्मिला थेबे र ४ मा रुपदास भट्टराई तथा एमालेबाट ३ मा सन्तोष चामलिङ विजयी भएका छन् ।

यसैगरी याङ्वरक गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा केशर मेन्याङ्बो २ हजार ५ सय १७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राम कङ्लिवाले २ हजार १ सय ८१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी रनमाया गुरुङ २ हजार ४ सय ७४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्र न्यौपाने १ हजार ५ सय ४७ मत प्राप्त गरे ।

याङ्वरकको ४ वडाध्यक्षमा एमाले र २ वडामा काँग्रेस विजयी भएको छ । एमालेबाट वडाध्यक्षमा १ मा जिवनराज खिम्दिङ, २ मा ज्ञानसाद दाहाल, ५ मा तारामान साम्सोहाङ र ६ मा दुर्गा थेबे तथा काँग्रेसबाट वडा नं ३ मा भीम वस्नेत र ४ मा चन्द्रमान खोयाहाङ विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...