अमेरिकामा निस्कियो नेपाली लायन्सको बिशाल ¥याली  

Nepal to pk

 

पोखरा । लायन्स क्लव इन्टरनेशनलको १ सय औं महाधिवेशन अमेरिकाको सिकागोमा सुरु भएको छ । आगामी कार्यकालको नेतृत्व चयनको लागि २ सय १० वटा मुलुकका लायन लिडरहरु महाधिबेशनमा सहभागी भएका हुन् । महाधिवेशनले आगामी बर्ष २०१७ ÷०१८ कालागि नयाँ नेतृत्व चयन गर्ने छ ।

महाधिबेशनले एक बर्षे कार्यकालको लागि भारतीय नागरिक नरेश अग्रवाललाई सर्व सम्वत निर्वाचित गर्नेछ । जापानको पुकुओकामा सम्पनन ९९ औ महाधिवेशनले उनलाई प्रथम अन्तराष्ट्रिय भाइस प्रेसिडेन्टमा निर्वाचित गरेको थियो । उनी लायन बर्ष २०१ ÷०१८ को लागि लायन्स अन्तराष्ट्रियको सर्वसम्वत प्रेसिडेन्टका उमेदवार हुन् ।

अग्रवाल सन १९७४ देखि लायन्स क्लवमा आवद्ध भई क्लवको भाईसप्रेसिडेन्ट, प्रेसिडेन्ट,जोन चियर पर्सन, डिष्ट्रिक गभर्नर, डिष्ट्रिक चियरपर्सन, मल्टिपल काउन्सील चियर पर्सन,जिएमटी एरिया लिडर हुदै अन्तराष्ट्रि प्रेसिडेन्ट हुने सौभाग्य पाएका हुन् ।

उनी नेपाली लायनवादका सुभचिन्तक समेत हुन । २ बर्ष अगाडि नेपाली लायन्सबादको इतिहासमै पहिलो पटक इन्जिनियर संजय खेतान अन्तराष्ट्रिय डाइरेक्टर पदमा निर्वीरोध निर्वाचित भएका थिए । उनले अहिले लायन्स अन्तराष्ट्रियले सुम्पिएको जिम्मेवारी निर्वाहगर्दै नेपालको गौरव बढाएका छन् ।

अमेरिकाको सिकागोमा जुन ३० देखि जुलाई ४ सम्म संचालन हुने महाधिवेशनमा भाग लिनको लागि नेपालाबाट ५सय लायनहरुको सहभागिता रहेको डिष्ट्रिक गभर्नर धनराज आचार्यले जानकारी दिए ।

नेपालबाट निर्वाचन र सफथग्रहण कार्यक्रममा भाग लिनकालागि ४ वटा डिष्ट्रिकका डिष्ट्रिक गभर्नरहरु र सयौंको संख्यामा लायन्सको बिभिन्न पदमा आयद्ध लायन लिडरहरु कार्यक्रममा सहभागि भएका छन् ।

महाधिवेशन सुरु हुनु अगाडी आयोजित ¥यालीमा नेपालबाट महाधिवेशनमा भागलिन सिकागो पुगेका पुरुष, लायनहरुले राष्ट्रिय पोषाक दौडासुरुवाल,कोट,टोपी,सहित नेपालको राष्ट्रिय झण्डा सहित सहभागि भएका थिए भने महिला लायनहरुले साडी,ब्लाउज र नेपालको राष्ट्रिय झण्डा फहराउदै सहभागिता जनाएका थिए ।

ठुलो संख्यामा उपस्थित नेपाली लायनहरुको आकर्षक पोशाक र राष्ट्रिय झण्डा सहितको ¥यालीले सबैको ध्यान खिचेको थियो । विभिन्न देशका सहभागिहरुले नेपालीहरु सहभागि परेडलाई निर्क नियालेर हेरेको लायन्स क्लव अफ पोखरा न्युरोड चौतारीका रिपोटिङ्ग अफिसर नरेन्द्र श्रेष्ठले बताए ।

नेपालको आकर्षक राष्ट्रिय पोशाक र झण्डा प्रति लालाहित भएका विभिन्न मुलुकका लायनहरुको फोटो खिचाउन लर्कोनै लागेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...