पोखरामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

Pahiro hb

पोखरा । अबिरल बर्षाका कारण पोखरामा २ को ज्यान गएको छ । पहिरोमा घरपुरिदा प्रस्र्याङ पाखाका १४ बर्षीय वालक र लामाचौर अकालाकी ४० बर्षी महिलाको ज्यान गएको हो ।

पहिरोमा पुरिएर स्याङजा घर भई पोखरा बस्ने १४ बर्षीय टंक क्षेत्री र लामाचौर १९ अकालाकी ४० बर्षीय शोभा पौडेलको ज्यान गएका प्रहरीले जनाएको छ ।

पहिरोले पुरेर सख्त घाइते भएका क्षेत्रीको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ब्लकले बनेको २ तले कच्चीघर विहान ३ बजेर ५० मिनेट जाँदा पहिरोमा पुरिएको थियो ।

पहिरोले घर पुरिएपछि उनीसँगै सुतेकी हजुरआमा लगायत अन्य मानिस भागेकाले बच्न सफल भएका थिए ।

त्यसैगरी लामाचौर अकालाकी शोभा पौडेलको राती १० बजे घरको भान्छाकोठा सहित पौडेललाई पहिरोले बगाएको थियो ।

विहान घरभन्दा २ सय मिटर तल उनको शब पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...