सुनसरी जिल्लाको २ उपमहानगरपालिकामा एमालेको अग्रता  

इटहरी, । सुनसरी जिल्लाको २ उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ ।

इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले ५ हजार ८ सय ३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले ५ हजार २ सय ९५ मत ल्याएर अग्रता लिएका हुन् । नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले ५ हजार ८सय ४ र उपप्रमुखमा बिमला ढकालले ५ हजार २ सय ७२ मत ल्याएका छन् ।

यसैगरी, धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तारा सुब्बाले ३हजार ७ सय ७३ ,उपप्रमुखमा एमालेकै मञ्जु भण्डारीले ४ हजार ४ सय १२ मत ल्याई अग्रता लिएका छन्, भने त्यहाँ नेकाका प्रमुख तिलक राईले ३ हजार २ सय ८४ र उपप्रमुखमा काँग्रेसकै श्यामा रेग्मीले ४ हजार १ सय मत प्राप्त गरेका छन् । उक्त स्थानको वडा नं १, २ र ५ मा नेकाले विजय प्राप्त गरेको छ भने नेकपा एमालेले वडा नं ३ र ४ मा सेटै विजय प्राप्त गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा नेकाका राजन मेहेताले ३ हजार ३ सय ८५ र उपप्रमुखमा काँग्रेसकै जमुना पोख्रेल गौतमले ३ हजार १सय २१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पोष्टकुमार नेपालले

२ हजार २ सय ३४ र उपप्रमुखमा कविताकुमारी यादवले २ हजार ४० मत प्राप्त गरेका छन् । त्यस्तै, बराह नगरपालिकामा नेकपा एमालेका निलख खनालले ४ हजार ४ सय उपप्रमुखमा कमला मगरले ४ हजार २ सय ८८ मत ल्याई एमालेको अग्रता प्राप्त भएको छ भने नेकाले प्रमुखमा बाबुराम बिष्टले ३ हजार ८ सय ३०, उपप्रमुख पूजा धामीले पनि  ४ हजार १ सय ५ मत ल्याएका छन् । वडा नं १ र २ मा नेका र ३ र ४ वडामा नेकपा एमालेले सेटै जितेको छ ।

यसैगरी, दुहवी नगरपालिकाको प्रमुखमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वेदनारायण गच्छदारले ४ हजार ७८ तथा उपप्रमुखकी सुनिता दाहालले ३ हजार ८ सय ८२ मत ल्याई अग्रस्थान प्राप्त गरिरहनुभएको छ भने नेकपा एमालेका प्रमुख विनयराज पोख्रेलले ३ हजार २ सय ६५ र उपप्रमुख चन्द्रकला विश्वासले ३ हजार ६ सय ४२ मत ल्याएका छन् ।

त्यहाँ ५, ११ र १२ वडामा फोरम लोकतान्त्रिकले विजय प्राप्त गरेको छ भने नेकाले एउटा वडा, नेकपा एमालेले तीनवटा वडामा विजय प्राप्त गरिसकेको छ भने सङ्घीय फोरमले एउटा वडामा जित निकालेको छ । दुहवीमा ७ र १० नं वडाको मतगणना बाँकी रहेको बताइएको छ ।

त्यस्तै, रामधुनी नगरपालिकामा पनि नेकाका प्रमुख जयप्रकाश चौधरीले ५ हजार ३ सय ५७ र उपप्रमुख विजया कट्वालले ५ हजार ३ सय ९७ मत प्राप्त गरी नेकाको अग्रतालाई कायम राखेका छन् । रामधुनीमा नेकपा एमालेका प्रमुख नन्दकुमार बस्नेतले ४ हजार ८२ र उपप्रमुखमा सविना चौधरीले ४ हजार ६ सय ६७ मत ल्याउनुभएका निर्वाचन अधिकृत टुवराज पोख्रेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...