कैलालीको दुई स्थानीय तहको परिणाम सार्वजनिक

 kailali1

कैलाली । कैलालीका १३ स्थानीय तहमध्ये २ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । परिणाम आएका २ मध्ये एउटामा एमाले र एउटामा कांग्रेसले जीत हासिल गरेका छन ।

कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकको अध्यक्षमा एमालेका धनबहादुर रोक्कामगर विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै दीपादेवी साउद विजयी भएका छन् ।

निर्वाचन अधिकृत कृष्णवहादुर बोहराका अनुसार अध्यक्ष रोक्का मगरले २ हजार ५ सय १६ मत प्राप्त गरेका छन् । भने उपाध्यक्षमा निर्वाचित भएका साउदले २ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्धन्द्धि कांग्रेसका टीकाराम ढुंगानाले २ हजार ३ सय ६६ मत र उपाध्यक्षका प्रतिद्धन्द्धि कांग्रेसकी धना थापामगरले २ हजार ३ सय ७६ मत प्राप्त गरे ।

यस्तै फोरम लोकतान्त्रिकको किल्लाको रुपमा रहेको जोशीपुर गाउँपालिकामा नेपाली कांग्रेसका रामकृष्ण चौधरी अध्यक्ष र गीता चौधरी उपाध्यक्षमा विजयी भएका छन् ।

निर्वाचन अधिकृत जीवननाथ पोख्रेलका अनुसार अध्यक्ष रामकृष्ण चौधरीले ३४ सय ३२ मत प्राप्त ग रेका छन् ।

उनका प्रतिद्धिन्द्ध लोकतान्त्रिक फोरमका वीरुप्रसाद चौधरीले २७ सय ४१ मत प्राप्त गरेका छन् । उपाध्यक्ष गीता कठरियाले ३७ सय ६८ मत र निकटतम किरण चौधरीले ३४ सय ८९ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस