खोटाङको लामीडाँडा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

Uml win banner

खोटाङ । खोटाङको लामीडाँडा गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार लीला निरौला विजयी भएका छन । उनले १ हजार ९ सय ९ मत प्राप्त गरी प्रमुखमा विजयीभएका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका जनक कार्कीले १ हजार ५ सय ७५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै समला राईले जित हात पारेकी छन् ।

यस्तै साकेला गाउँपालिका प्रमुखमा माओवादी उम्मेदवार अर्जुन खड्का विजयी भएका छन् । उनले १ हजार २० मत प्राप्त गरी प्रमुखमा विजयी हासिल गरेका छन भने उनको प्रतिद्वन्द्वी कांग्रेसका इच्छुराम रानाले ९ सय ८५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी सरिता राईले विजय हासिल गरेकी छन् । उनले १ हजार २ सय २२ मत प्राप्त गरेकी हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी विर्सिका राईले १ हजार १ सय ३० मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस