डडेल्धुरामा ६ स्थानीय तहको मतगणना सकियो

कांग्रेस ३ तहमा विजयी

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटा स्थानीय तहमध्ये ६ तहको मतगणना सकिएको छ ।

जसमध्ये ३ स्थानीय तहमा नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र नेकपा माओवादी १ स्थानमा विजयी भएको छ । बाँकी १ तहमा मतगणना जारी छ ।

नवदुर्गा गाउपालिकामा अध्यक्षमा एमालेका कविन्द्र बिष्ट र उपाध्यक्षमा नेपाली कांग्रेसका डम्बरीदेवी ओली निर्वाचित भएका छन् । बिष्टले २ हजार ९ सय ६९ मत ल्याए भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद अवस्थीले २ हजार ७ सय ४५ मत प्राप्त गरे ।

५ वटा वडा रहेको नवदुर्गा गाउपालिकामा वडा नम्बर ५ मा नेपाली कांग्रेस र वडा नम्बर १, ३ र ४ मा नेकपा एमालेले जित हासिल गरेको छ भने वडा नम्बर २ मा कांग्रेसले जित हासिल गरेको छ ।

अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद माओवादी केन्द्रले जितेको छ । अध्यक्ष माओवादी केन्द्रका उमेश भट्ट २ हजार ६ सय ९० मत ल्याएर विजयी भएका छन । उनका मुख्य प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लोकराज भट्टले १ हजार ७ सय ८९ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी कलावती भाण २ हजार १ सय ७१ मतका साथ विजयी भएकी छिन ।

भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस महिला उम्मेदवार कौशिला भट्ट र उपाध्यक्षमा पदम बहादुर बोहरा निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष भट्टले २ हजार ७ मत ल्याउदै बिजयी बनेका छन भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका बिष्णु ठकुराठीले १८ सय ४४ मत प्राप्त गरे ।
५ वटा वडा रहेको भागेश्वर गाँउपालिकामा १, २, ३ र ४ नम्बर वडामा नेकपा एमालेले जित हासिल गरेको छ । ५ नम्बर वडामा नेपाली कांग्रेसले जित हात पारेको भागेश्वर गाँउपालिकाका निर्वाचन अधिकृत पदमराज भट्टले बताए ।

गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नवल मल्लले ३३ सय ६९ मत ल्याएर विजय भए । उनका प्रतिद्धन्दी एमालेका बिरेन्द्र मल्लले १९ सय ४६ मत ल्याएका छन् ।

उपाध्यक्षमा कमला ठगुन्नाले ३४ सय ७ मत ल्याएर विजय भएकी छन । उनका प्रतिद्धन्दी एमालेका कृष्णा ओझाले १८ सय ७३ मत प्राप्त गरेकी छन ।

५ वटा वडा रहेको गन्यापधुरा गाँउपालिकामा वडा नम्बर १, २, ३ मा नेपाली कांग्रेसले जित हासिल गरेको गन्यापधु््रा गाँउपालीकाका निर्वाचन अधिकृत टेकराज जोशीले जानकारी दिएका छन । वडा नम्बर ५ मा नेकपा एमाले र वडा नम्बर ४ मा नेकपा माओवादीले जित हात पारेको छ ।
आलिताल गाउँपालिकामा नेपाली कांग्रेसका बलबहादुर गुरुङ र उपाध्यक्षमा ज्वाला बोगटी निर्वाचित भएका छन् । गुरुङले २ हजार २ सय ६१ मत ल्याउदै बिजयी भए भने उनका प्रतिद्धन्द्धी नेकपा माओवादीका जगत पार्कीले २ हजार ९८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा बिजयी बोगटीले २ हजार २ सय ४२ मत ल्याउदै बिजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा माओवादीका हरिना खत्रीले १९ सय ९४ मत प्राप्त गरेका हुन् ।

८ वटा वडा रहेको आलिताल गाँउपालिकामा वडा नम्बर २ र ४ मा नेपाली कांग्रेसले जित हासिल गरेको आलिताल गाँउपालिकाका निर्वाचन अधिकृत सुरेन्द्रप्रसाद जोशीले बताए । १, ५, ६ नम्बर वडामा नेकपा एमाले र ३, ७ र ८ नम्बर वडामा नेकपा माओवादीले जित हात पारेको छ ।
यसैगरी जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । नगरपालिकाको मेयर पदमा एमालेका उम्मेदवार बिपिन ओझा १ सय २८ मतअन्तरले बिजयी भएका छन् । उनले ३ हजार ७ सय ६८ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका डिल्लीराज जोशीले ३ हजार ६ सय ४० मत प्राप्त गरेका थिए । उपमेयर पदमा एमालेकै संगीता भण्डारीले ३ हजार ५ सय १७ मत ल्याएर बिजयी भएका छन् । निकटतम प्रतिद्धन्दी कांग्रेसकी पार्वतीदेवी झुकालले ३ हजार ३ सय ९ मत मात्रै प्राप्त गरेकी छन् । भण्डारी प्रेस चौतारी नेपालबाट उपमेयर बन्ने पहिलो पत्रकार महिला बनेकी छन ।

अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो । शुक्रबार बिहान घोषणा भएको मतपरिणाम अनुसार अमरगढी नगरपालिकाका वडाहरुमा एमालेले ४, ५, ७, ९, १० र ११ मा जित हासिल गरेको छ । काग्रेसले १, २, ३, ६ र ८ नम्वर वडाअध्यक्षमा जितेको छ ।
जिल्लाको पर्शुराम नगरपालिकाको ७ मा नेकपा एमाले विजयी भएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...